काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा महामारी फैलिनुमा सरकार दोषी रहेको आरोप लगाएका छन् । आज संसदलाई सम्बोधन गर्दै सभापति देउवाले भयावह अवस्था आउनका लागि प्रधानमन्त्री ओली दोषी रहेको दाबी गरेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले कोभिड १९ नियन्त्रणका लागि आफूहरूले दिएको सुझाव आत्मसात नगरेको र औषधि तथा स्वास्थ्यसामग्री खरिदमा चरम भ्रष्टाचार गरेको भन्दै ओलीको आलोचना गरे ।
त्यस्तै प्रधानमन्त्री ओली सिमित व्यापारिक घरानालाई खुशी पार्न नागरिकको ज्यान जोखिममा पारेको आरोप लगाए । ‘प्रधानमन्त्रीज्यू एकपटक छातीमाथि हात राखेर सोध्नुस्’, उनले भने, ‘तपाइँले सिर्जना गर्नुभएको कुशासनको अवस्थाले यो अवस्था आएको होइन ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया