संसद बैठक शुरु : प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने निश्चित

लोकपथ
96.3k
Shares

काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा विश्वासको मत नपाउने निश्चित भएको छ ।

अहिलेसम्मको परिस्थिति हेर्दा ओलीले विश्वासको मत पाउने छैनन् । आफ्नै पार्टीका माधव नेपाल र झलनाथ खनाल पक्षका २२ जना सांसदले विश्वासको मत दिन अनुपश्थित हुने निर्णय गरेपछि ओली अल्पमतमा परेका छन् । प्रतिनिधि सभाको बैठक केहिबेर अघि शुरु भएको छ र १५ मिनेटका लागि स्थगित भएको छ । ओलीलाई आफ्नै दलका सांसदले असहयोग गर्ने भएपछि उनी अल्पमतमा परेका हुन् ।

प्रतिनिधिसभामा नेकपा एमालेका १२१ सांसद रहेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन थप १५ सांसदको समर्थन आवश्यक पर्दछ । तर, नेपाल –खनाल पक्षका २२ सांसदले प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय गरेर प्रधानमन्त्री ओली संकटमा परेका छन् ।

हाल प्रतिनिधि सभामा २ सय ७१ जना सांसद छन् । प्रधानमन्त्री ओलीलाई बहुमत सिद्ध गर्न कम्तीमा १सय ३६ सांसदको समर्थन चाहिन्छ । तर एमालेका १२१ सांसदमध्ये २२ जनाले अनुपस्थित हुने निर्णय गरेका कारण प्रधानमन्त्री ओलीलाई आफ्नै दलबाट ९९ मतमात्र पर्ने देखिन्छ । कांग्रेस माओवादीले ओलीलाई मत नदिने बताइसकेका छन भने ।

जनता समाजवादी पार्टीले पनि ओलीलाई मत दिने नदिने भन्ने निर्णय गर्न आफ्ना सांसदलाई स्वतन्त्रता दिएको छ । ओलीको पक्षमा मत दिने जसपाका सांसद देखिएका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?