काठमाडौं- नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहका दोस्रो पुस्ताका नेताहरू छुट्टै छलफलमा जुटेका छन् । आफ्नो समूहले संसद् बैठकमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेपछि दोस्रो पुस्ताका नेताहरू अलग्गै छलफलमा जुटेका हुन्।
छलफलमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका नेता लगायत रहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यतालिका छ। यद्यपि ओलीले थप छलफलका लागि नेपाल समूहलाई आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया