काठमाडौं। अक्सिजन सिलिण्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी विमान आज (मंगलवार) चीन जाँदै छ।
अक्सिजन सिलिण्डर ल्याउन आज राति साढे ११ बजे उड्ने जहाज चीन जाने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अक्सिजन सिलिण्डर लिएर मंगलवार बिहान ८ बजे स्वदेश आइपुग्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर ल्याइनेछ साथै १ सय ७० थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको मन्त्रालयले जनाएको छ।
चीनबाट कुल २० हजार सिलिन्डर ल्याउने तयारी सरकारको छ। जसमा पहिलोचरणमा ४ सय थान मात्र ल्याउन लागिएको हो। बीस हजार सिलिण्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारको अनुरोधमा चीनले २० हजार खाली सिलिण्डर निःशुल्क पठाउन लागेको हो।
पछिल्लो समय मुलुकमा दोस्रो चरणको कोभिड फैलिएपछि अक्सिजनको माग बढ्दो छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया