काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरन्तर काम गर्दा पनि केहि समूहले कोरोना खोपका विषयलाई लिएर सरकारमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाउँदै आफूमाथि विश्वास नगर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले सरकारले गरेका काम र उठाएका मुद्दाका आधारमा अविश्वास गर्नुपर्ने कारण नभएको दाबी गरेका हुन्। उनले भने, ‘भौगोलिक अखण्डता र राष्ट्रहितलाई सर्वोपरी राखेर काम गर्ने र राष्ट्रहितलाई माथि उठाउन कुनै पनि कसर बाँकी नराखेको अवस्थामा सम्पूर्ण माननीयज्यूहरुले मलाई विश्वासको मत दिनुहुनेछ।’
‘राष्ट्रियताका सवालमा, जनजीविकाका सवाल छोडेर यो सरकार कहिल्यै पनि अन्य विषयमा सम्झौता गर्दैन। मैले पटक–पटक यस गरिमामय सदनमा प्रस्तुत गरिसकेको छु । यस सन्दर्भमा मैले धेरै केही भन्नु छैन । खाली राजनीतिक अवस्थाका कारण यस सदनको ममाथि विश्वास छ भन्ने आवश्यकता ठानेकाले यो सदनमा उभिएको छु। हामी सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ उभिएका छौँ । सार्वभौम जनताको हितहरुको प्रतितिनिधित्व हामी गर्छौँ । यस्तो बेलामा हामी विचारको आग्रहबाट होइन, म कहाँ छु ? भनेर आबद्धता वा संलग्नता होइन सच्चाइलाई पच्छ्याएर होइन, हामीले निर्णय त्यस हिसाबले गर्नु आवश्यक छ।’
उनले थपे, ”राष्ट्रियहित र राष्ट्रियताको पक्षमा, स्वाधिनताको पक्षमा र भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा, राष्ट्रियताको सर्वोपरी हितलाई व्यवहार गर्ने सन्दर्भमा र राष्ट्रिय हितलाई सर्वोपरी राख्ने सन्दर्भमा तस्वीर आफैँ बोल्छ भनेजस्तो, हाम्रा व्यवहार र दृष्टिकोण आफैँ बोल्छन् ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया