काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन् ।
हप्तदिन अघि कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका खनालको आइतबारको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै कोरोना संक्रमणमुक्त भएका हुन् । खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको जानकारी दिए ।
खनालले केही समयको आराम पछि अस्पतालबाट डिस्चार्ज हुने र सक्रिय कामकाजमा फर्किने पनि बताएका छन् । उनले खटिने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया