माधव समूहले दियो ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को माधव नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनको लागि भोली बिहान सम्मको अल्टिमेटम दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको माधव समूहको सांसदहरुको बैठकले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनको लागि भोली बिहान ९ बजेसम्मका लागि अल्टिमेटम दिईएको नेता योगेश भट्टराईले जानकारी दिए ।

नेता भट्टराईले भोली बिहान ९ बजेसम्ममा पनि माग पुरा नभए भोली जस्तोसुकै प्रकारको निर्णय लिन बाध्य हुने बताए । माग पुरा भए प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने पनि उनको भनाई छ ।

भोली प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिदैँछन् । एमालेको माधव समुहले भने आफुहरुको माग पुरा भए मात्रै विश्वासको मत दिने बताउँदै आएको थियो । माग पुरा नभए सो समुहका करिब दुई दर्जन हाराहारी सांसदहरुले संसद बाट राजिनामा दिएर प्रधानमन्त्री ओलीलाई अल्पमतमा पार्ने तयारी गरिरहेका छन् ।

आइतबार दिनभर केपी शर्मा ओली पक्षधर र माधव नेपाल पक्षधर नेताहरुले सहमतीको प्रयास गर्न विभिन्न छलफल र बैठकहरु गरेको भएपनि साँझसम्म कुनै ठोस निष्कर्ष ननिस्किएको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?