सेती प्रोदेशिक अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

लोकपथ
56
Shares

काठमाडौं । धनगढीको सेती प्रोदेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीका ४ जना र कञ्चनपुरका ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

शनिबार कैलालीको लम्कीचुहा नगरपालिका–९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–४ की ३५ वर्षीया महिला, धनगढी–१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको मुत्यु भएको उनले बताए ।

यस्तै आइतवार कैलालीको गोदावरी नगरपालिका–२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ७४ वर्षीय पुरुष र पुर्नवासकै वडा नम्बर ६ की ४२ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?