कपिलवस्तुमा एकै दिन ५ जना कोरोना संक्रमितको गयो ज्यान

लोकपथ
35
Shares

काठमाडौं । कपिलवस्तुमा आज (आइतवार) एकैदिन ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार २ पुरुष र ३ महिला गरि ५ संक्रमितको मृत्यु भएको हो ।

आइतवार सबैभन्दा धेरै कपिलवस्तु नगरपालिकाका ३ महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४, ९ र २ का क्रमश ५५, ६० र ४० वर्षीया महिला रहेका छन् ।

यस्तै वाणगंगा नगरपालिकामा एक जना पुरुष र विजयनगर गाउपालिकाका ५७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले मायादेवीलाई जानकारी दिए ।

यस्तै सोही अवधिमा जिल्लामा १०८ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै शिवराज नगरपालिकाका रहेको घिमिरेले बताए ।

यस्तै आज थप ६२ जनाले कोरोना संक्रमण मुक्त भएका छन् ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट ७४ ले ज्यान गुमाएका छन् भने ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् । हिजो मात्र १०२ संक्रमित थपिएका थिए भने एक जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमणदर बढेकाले विशेष सावधानी अपनाउन स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले सबैमा अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?