शेयर बजारमा १८ अंकको गिरावट

काठमाडौं।साताको पहिलो दिन आज आइतवार शेयर बजारमा भारी गिरावट आएको छ । आज शेयर बजार १८.५६ अंकले घटेको छ ।

आज शेयर बजारमा ६ अर्व १४ करोड ८९ लाख ६६ हजार सय ७२ रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै,आइतवार १ करोड २७ लाख ८ हजार १ सय २५ कित्ता शेयर किनबेच भएको छ ।

७५ हजार ४६ वटा कारोबार भएको शेयर बजारमा सबै उप समूहहरको कारोबार घटेको छ । जसमा सबैभन्दा बढी उत्पादनमूलक उपसमूहको कारोबार घटेको छ । यस उपसमूहको कारोबार १.६१ प्रतिशतले घटेको छ ।

त्यस्तै,ट्रेडिङको १.५९ र अन्य उपसमूहको कारेबार १.३६ प्रतिशतले घटेको छ ।
आइतवार सबै भन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाको कारोबारमा गिरावट आएको छ ।

यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यसैगरी,विशाल बजार कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत,सिंगटी हाईड्रोपावर कम्पनीको ९.५६ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?