काठमाडौं उपत्यकामा थपिए ४ हजार १ सय ९८ संक्रमित

लोकपथ
182
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार काठमाडौंमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर १८ हजार ७ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७ सय ७७ जनामा पीसीआर पोजेटिभ र ५७६ जनाको एन्टिजेन परीक्षणमा ७७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । जसमध्ये ५२ जना अस्पतालहरुमा र बाँकी २६ जना विभिन्न ठाउँहरुमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै हालसम्म ७६ दशमलव ७ प्रतिशत संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल नेपालमा ८८ हजार १ सय ६० कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४ सय ३० जना होम आइसोलेसन र ६ हजार ७ सय ३० जना मात्रै संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जानमा कोझरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?