‘अन टेष्ट’ लेखिएको टिपरको ठक्करबाट साईकलयात्रीको घटनास्थलमै मृत्यु

लोकपथ
98
Shares

काठमाडौं । रौतहटमा ‘अन टेष्ट’ लेखिएको टिपरको ठक्करबाट एक जनाको मृत्यू भएको छ ।

चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा ‘अन टेष्ट’ लेखिएको टिपरले शनिवार दिउँसो ठक्कर दिँदा साईकलयात्री बृन्दाबन नगरपालिका-७ हर्षाहा बस्ने ३५ वर्षीय दिल किशोर रामको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?