काठमाडौं । ओखलढुंगामा झै-झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
खजिदेम्बा गाउँपालिका-१ आरुबोट बस्ने ६० वर्षीय महेस कुमार खड्का र सोही ठाउँ बस्ने ५० वर्षीय प्रेम कुमार सुनुवार बिच मादक पदार्थ सेवन गरि शनिवार बेलुका झै-झगडा तथा कुटाकुट हुँदा महेश कुमार खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिजिफलाटे र प्रहरी चौकी रगनीबाट खटिएको प्रहरीले कुटपिट हुँदा घाइते भएका प्रेम कुमारलाई उपचारको लागि ओखलढुंगा सामुदायिक अस्पतालतर्फ लगेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया