गरे के हुन्न ? बेसारको पातबाट तेल निकालिँदै !

RSS
147
Shares

बाँके । गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुवात गरेका छन् ।

भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गरेका उनले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गरेका हुन् ।

तेल प्रति केजी एक हजार ५०० मा बिक्री हुने उनले जानकारी दिए । उनले फार्ममा व्यवसायिक रुपमा च्याँउ खेती समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?