पूर्व डिआईजी नवराज सिलवाल एमालेमा प्रवेश

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा कोजाग्रत पूर्णिमाको दिन दशैंको टिका लगाउन पुगेका विवादास्पद पूर्व डिआईजी नवराज सिलवाल औपचारिक रुपमै एमालेमा प्रवेश गरेका छन् ।राजधानीको बुद्धनगरमा आयोजित एक कार्यक्रममार्फत उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । हसिलो मुद्रामा कार्यक्रममा देखिएका उनलाई ओलीले खादा लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।गत भदौ २७ गते सर्वोच्च अदालतले सिलवालले आफू प्रहरीको आइजी हुनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरिदिएसँगै डिआईजी पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?