जसपा तटस्थ बस्ने : ओलीले विश्वासको मत नपाउने निश्चित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षमा महन्थ ठाकुरले सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी त्यसबारे जानकारी गराएका हुन् ।

आफूहरुको माग सम्बोधन गर्ने पक्षमा सरकार नदेखिएको भन्दै विश्वासको मत नदिने बरु तटस्थ बस्ने निर्णय गरेको बताएको स्रोतले जनाएको छ ।

बालुवाटार जानु अघि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसहित ठाकुर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

त्यहाँबाट सिधै बालुवाटार पुगेका ठाकुर र महतोले त्यसबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीेले सोमवार (भोलि) संसदबाट विश्वासको मत लिने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले पनि साथ नदिने भएपछि ओलीले विश्वासको मत नपाउने निस्चित भएको छ । त्यसो एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समेत सरकारलाई समर्थन नगर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?