काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ ।
शनिवार राति भएको खेलमा बायर्नले बोरुसिया मन्छेनग्लाडबाखमाथि ६-० गोल अन्तरको जित हात पारेको हो ।
१० खेलाडीमा समेटिएको बायर्नका रोबर्ट लेवान्डोस्कीले खेलमा ह्याट्रिक गोल गरे ।
यस्तै थोमस मुलर, किङ्स्ले कोम्यान र लोरी सानेले समान एक एक गोल गरे ।
लेवान्डोस्कीले दोस्रो मिनेटमै गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।
खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए । ४४ औं मिनेटमा कोम्यानले गोल गर्दा बायर्न ४-० ले अघि रह्यो ।
खेलको ६६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे ।
यो गोलसँगै लेवान्डोस्कीले यस सिजन बुन्डेसलिगामा ३९ औं गोल गरे ।
७५ औं मिनेटमा बायर्न १० खेलाडीमा समेटियो । डिफेन्डर तान्गुए निन्जोउले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ६-० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानको बायर्नले ३२ खेलमा ७४ अंक जोडेको छ ।
बायर्नले शनिवार नै उपाधि जितिसकेको छ ।
शनिवार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३-२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो ।
मन्छेनग्लाडबाख ४६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया