बेलडाँडाको आगलागीमा लाखौंको क्षति

RSS
35
Shares

काठमाडौं । अचानक विद्युत् चुहिएर आगलागी हुँदा बर्दिबास नगरपालिका–५ बेलडाँडामा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ ।

आज साँझपख सो बस्तीका रामजी पौडेलका घरमा आगलागी हुँदा चार चौपायासहित धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

आगलागीमा परी चार खसीबाख्रा मरेका छन् । यसैगरी घरमा रहेका सुनचाँदीका गहना र रु ९२ हजार सहित १० लाख मूल्यका धनमाल जलेर नष्ट भएको छ । नगद सम्पति एवं घरसमेत गरी रु २० लाख बराबरको धनमाल खरानी भएको पीडित परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले वारुणयन्त्रको मद्दतले नियन्त्रण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?