काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृतक संख्या ३ सय ९८ पुगेको छ ।
आज (शनिवार) थपिएका ८४ सय १८ जना मध्ये ३० देखी ३९ उमेर समूहका मानिसहरुमा धेरै संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रमालयको तथ्याङ्क छ । ३० देखी ३९ उमेर समूहका २ हजार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २० देखी २९ उमेर समूहका मानिसहरुमा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै १ देखी ९ वर्ष उमेर समूहका १ सय ९५ जना संक्रमित भेटिएका छन् ।
हेर्नुहोस् थप विवरण :

नेपालमा कोरोना संक्रमित मात्र नभएर कोरोना संक्रमण मुक्त हुनेको संख्या पनि उल्लेख्य रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३ सय ७० जना कोरोना संक्रमणमुक्त भएर भएर घर फर्किएका छन् । भने हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।
यसअघि शुक्रवार नेपालमा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने कोरोना संक्रमणको कारण ५० जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया