बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

लोकपथ
247
Shares

काठमाडौं । चर्चित बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कंगनाले शनिवार आफ्नो सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइन् ।

उनले इन्स्टाग्राममा लेखेकी छन्, “ मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो । आँखा पोलिरहेको थियो । मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएको थिएँ । आज नतिजा आएको छ । म अहिले घरभित्र नै बसिरहेकी छु ।”

 

केही दिन अगाडि गरेको परीक्षणको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनी हाल होम आइसोलेसनमा बसिरहेकी छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?