विराट कोहली र अनुष्का शर्माले गरे कोरोनाविरुद्ध लड्न २ करोड सहयोग

लोकपथ
203
Shares

काठमाडौं । कोरोना महामारीका कारण भारत आक्रान्त छ । दैनिक लाखौंको संख्यामा संक्रमित थपिने गरेका छन भने हजारौंले ज्यान गुमाउने गरेका छन् ।

भारतीय क्रिकेट कप्तान विराट कोहली र कोहलीका पत्नी नायिका अनुष्का शर्माले कोरोना भाईरसको महामारीसँग लड्न २ करोड भारु आर्थिक सहयोग गरेका छन् ।

कोहली दम्पतिले कोरोनाविरुद्ध लड्न २ करोड दिने घोषणा गरेका हुन् ।

उनीहरुले कोरोनाविरुद्ध लड्नका लागि आर्थिक संकलनको अभियान समेत शुरु गरेका छन् ।

कोहली दम्पतिले केट्टो प्लाटफर्मबाट युनाईटेड वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर अभियान शुरु गरेका हुन् ।

यस अभियानबाट ७ करोड संकलन गर्ने लक्ष्य रहेको बताईएको छ । उक्त अभियानकै लागि कोहली दम्पतिले २ करोड दिने घोषणा गरेका हुन् ।

सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनीहरुले अभियान संचालन गरिएको जनाएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?