काठमाडौं । भारतले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले शुक्रवार २० सदस्सीय टिमको घोषणा गरेको हो ।
टिमको कप्तानी विराट कोहलीले गर्ने छन् ।
भारतले घोषणा गरेको टिममा हार्दिक पाण्डय र कुलदिप यादव अटाएका छैनन् ।
भारतले फाइनलमा न्युजिल्याण्डसँग भिड्दै छ ।
इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने भारत र न्युजिल्याण्डबीचको फाइनल जुन १८ देखि २२ सम्म हुनेछ ।
त्यसपछि भारतले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज पनि खेल्नेछ । घरेलु टिमले इंग्ल्यान्डसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ ।
पहिलो टेस्ट अगस्ट ४ बाट हुनेछ । यस्तै अन्तिम टेस्ट १४ सेप्टेम्बरबाट शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया