आज थपिएका ९ हजार १ सय ९६ संक्रमित कुन उमेर समूहका कति ? (विवरणसहित)

लोकपथ
294
Shares

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर उच्च रुपमा बढिरहेको छ । नेपालमा कोरोना संक्रमणको दर एकपछि अर्को नयाँ रेकर्ड कायम भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।

आज (शुक्रवार) थपिएका ९ हजार १ सय ९६ जना मध्ये ३० देखी ३९ उमेर समूहका मानिसहरुमा धेरै संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रमालयको तथ्याङ्क छ । ३० देखी ३९ उमेर समूहका २ हजार २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २० देखी २९ उमेर समूहका मानिसहरुमा २ हजार १ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै १ देखी ९ वर्ष उमेर समूहका २ सय ४ जना संक्रमित भेटिएका छन् ।

हेर्नुहोस् थप विवरण : 

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण थप ५० जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ३ हजार ५ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९ सय ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भइ घर फर्किएका छन् ।

त्यस्तै हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेको छ ।  हाल क्वारेन्टाइनमा ३८० जना र सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?