नेपालमा तिव्र रुपमा फैलदै कोरोना : २ हजार ९ सय कोरोना मुक्त हुँदा थपिए ९ हजार १ सय बढी संक्रमित

लोकपथ
98
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भइ घर फर्किएका छन् । त्यस्तै हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण थप ५० जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ३ हजार ५ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै हाल क्वारेन्टाइनमा ३८० जना र सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअघि बिहीवार नेपालमा एकैदिन ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने ५४ जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?