२०७८,असार,८,मंगलवार

कोरोनाबाट एकै घरका तीन दाजुभाइको मृत्यु


काठमाडौं । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् ।

उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आउनु भएका जहिरको बुधवार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए ।

बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारकाक्रममा मृत्यु भएको थियो । हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,२४,शुक्रवार १६:५७


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई

काठमाडौं । पृथ्वी राजमार्गसँगै जोडिएको व्यास नगरपालिका–१२ स्थित छिर्कनमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाउँमा प्राणी उद्यानको कार्यालय निर्माण गरिएको

काठमाडौं । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका-५ मगरटोल बस्ने ३२ वर्षीया गिता अधिकारीको बाघको

काठमाडौं । भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन

सेनाद्वारा काठेपुल निर्माण
 २०७८,असार,८,मंगलवार १६:२४