दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चले दियो आदेश

लोकपथ
494
Shares

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले शुक्रवार बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । दीप बस्न्यात हाल कारागार कार्यालय डिल्लीबजारमा रहेका छन् ।

दीप बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?