थप १४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप १४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा गरिएको कोरोना परीक्षणका क्रममा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संसद सचिवालय स्रोतका अनुसार बुधवार र बिहीवार स्वाब संकलन गरि परीक्षण गरिएका ६१३ जना मध्येबाट थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि बिहीवार ४ सांसदसहित ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै अन्यको रिपोर्ट आउने क्रममा जारी रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेका छन् । त्यससँगै बुधवार र बिहीवार स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?