२०७८,असार,४,शुक्रवार

भेन्टिलेटरको चरम अभाव : दाङ र पर्साका संक्रमितलाई बिएण्डसी पुर्‍याइयो


काठमाडौं । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्‍याइएको छ ।

भेन्टिलेटर सहित आइसियूको चरम अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । काठमाडौंको एक नीजि अस्पतालमा उपचाररत सङ्क्रमितलाई पनि बिएण्डसी लैजाने तयारी भइरहेको बताइएको छ ।

उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तरराष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएकाले सो अस्पताल अब्बल दाबि गरिएको छ । अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटर सहित आइसियू शैया अलग्गै छ । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियू शैया छ । तीमध्ये २५ भेन्टिलेटर सहित आइसियू शैया कोभिडका बिरामीलाई छुट्याएको र बिरामीको आवश्यकता अनुसार थप गर्दै जाने बताइएको छ ।

अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएका जानकारी अनुसार दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत नौदिनदेखि उपचाररत् ४५ वर्षीय पेमा योगी र वीरगञ्जस्थित अली अस्पतालमा उपचाररत् २९ वर्षीय हरि पौड्यालाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा लगिएको हो । ती बिरामीका आफन्तले ती अस्पतालमा भेन्टिलेटरको अभाव भएपछि ‘हवाई बेड लिफ्ट’ गरेका बताइएको छ ।

सोही अस्पतालमा यही वैशाख १५ र २० गते काठमाडौंस्थित ह्याम्स र मनमोहन अस्पतालमा उपचारार्थ दुई सङ्क्रमितलाई थप उपचारार्थ ‘हवाई बेड सिफ्ट’ गरिएको थियो । ती बिरामीका आफन्तले भेन्टिलेटर सहितको आइसियू श्यया नपाएपछि बिएण्डसी लगेका थिए । अहिले ती बिरामीको स्वास्थ्यावस्था सन्तोषजनक रहेको चिकित्सकले जनाएका छन् ।

जनसम्पर्क अधिकृत गिरीले भने ,“ भेन्टिलेटर सहित आइसियूका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो छ । हामी गुणस्तरीय सेवादिन प्रतिवद्ध छौँ । ”उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू शैयाको ब्लग सञ्चालनमा ल्याएको छ । विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतले सेवा प्रदान गरिरहेका छन् ।

श्रोत र साधन राज्यलाई प्रदान गर्न तयार छु: कार्यकारी निर्देश प्रसाईँ

प्रस्तावित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईँले कोरोना सङ्क्रमितका उपचारमा बिएण्डसी अस्पतालले उच्च प्राथमिताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई अस्पतालमा भएका सबै शैया र भेन्टिलेटर सहितका आइसियू शैया उपचार सेवामा लगाउन आफू तयार रहेको बताए ।

उनले भने ,“विपद्का समयमा राज्यले के दियो र के गर्यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका श्रोत र साधन प्रदान गर्न तयार छु ।” पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० शैया छ । अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०-७० सङ्ख्यामा सिटीस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्दछ ।

पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौं जानुपर्ने अवस्था लगभग अन्त्य भई ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ । अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गौला प्रत्यारोपणको तयारी गर्दैछ । कार्यकारी निर्देशक प्रसाईँले भने “हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पढाउने क्षमतामा छौँ । एमडी-एमएससमेत पढाउन सक्छौँ । ”कलेजले सम्बन्धन पाउने वित्तिकै एकहजार ५०० स्थानीयबासीले रोजगारी र सरकारले रु ५० करोड भन्दा वार्षिक राजश्व समेत पाउने जनाइएको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,२४,शुक्रवार १५:४७


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

काठमाडौं । पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा

लमजुङ । लमजुङमा उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा