२०७८,असार,४,शुक्रवार

ब्राजिलमा प्रहरी र तस्करबीच गोली हानाहान, २५ जनाको मृत्यु


काठमाडौं । ब्राजिलको रियो दी जेनेरोमा बिहीवार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान गएको छ । मृत्यु हुने अन्यहरुमा आपराधिक समूहका सदस्यहरु रहेको प्रहरीको भनाई छ ।

At least 25 dead during Brazilian police raid in Rio – Granthshala News

उक्त गोली हानाहानको घटना स्थानीय समय अनुसार बिहीवार बिहानै भएको थियो । प्रहरीले रियो दी जेनेरोको जाकारेजिन्हो नामको झुपडबस्तीमा लागूऔषधका तस्करहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा भिषण कारबाही गरेको थियो । यसक्रममा ठूलो संख्यामा प्रहरीहरु आधुनिक हतियार सहित उक्त बस्तीमा पुगेका थिए ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका दृश्यहरुमा झुपडबस्तीका धेरै ठाउँमा ग्यास बम बिस्फोट गरिएको र गोली चलेको आवाज सुनिएको छ । हेलिकप्टरबाट लिइएका तस्वीरहरुमा सशस्त्र तस्करहरु घरका छानाबाट भाग्दै गरेका देखिएका छन् ।

जाकारेजिन्हो झुपडबस्तीलाई रेड कमान्ड नाम गरेको आपराधिक समूहले आफ्नो अखडा बनाउँदै आएको थियो । रियो दी जेनेरोका अन्य झुपडबस्तीहरु पहाडी इलाकाहरुमा रहे पनि जाकारिन्हो बस्ती भने समथल ठाउँमा छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७८,बैशाख,२४,शुक्रवार १५:३०


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दक्षिण कोरियामा कोभिडका सङ्क्रमितहरु घट्दै गएको बताइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले पछिल्ला केही हप्तामा दैनिक देखिने सङ्क्रमितको

काबुल । अफगानिस्तानमा कोरोना भाइरसका सङ्क्रमितहरु बढेको पाइएको छ । सङ्क्रमित बढेपछि राजधानी काबुलमा कोरोना अस्पताल स्थापना गरिएको बताइएको छ

लुकासा । अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीवार निधन भएको

काबुल । अफगान सेनाले गरेको कारवाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् । अफगान सेनाले कारवाहीमा अरु

हजुर अब पत्रकार नै बन्नुस् !
 २०७८,असार,४,शुक्रवार १८:२५