चट्याङ लागेर १ जनाको मृत्यु, ८ जना घाइते

लोकपथ
247
Shares

काठमाडौं । गुल्मीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका-४ दजाकोट बस्ने १८ वर्षीया करिश्मा गाहाको चट्याङ लागेर शुक्रवार बिहान मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्टयाङ परेर लाग्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै चट्याङमा परेर घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?