तास खेलिरहेका १० जना जुवाडे पक्राउ

लोकपथ
364
Shares

काठमाडौं । नवलपरासी(पूर्व)मा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेमन छन् ।

कावासोती नगरपालिका-२ नरवजार चोक बस्ने रुद्र कंडेलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय अजय जैसवाल समेत १० जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कंडेलको घरमा तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ, ५ सय ७० भारतीय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?