मन्त्री गुरुङको प्रश्न- ‘पत्रकारहरु आफ्नो पीडाहरु किन लेख्दैनन् ?’

काठमाडौं । सञ्चार एवम् सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारहरुले समाजको कुराहरु लेख्ने गरेपनि आफ्नै पीडाहरु लेख्ने नगरेको बताएका छन् ।

आज राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले त्यस्तो बताएका हुन् ।

कर्णाली प्रदेश लगायत देशका विकट विकट ठाउँहरुबाट प्रेस पास नविकरणका लागि आएर दुख पाएपनि ती कुराहरु लेख्ने नगरेको बताए ।

“पत्रकारहरुले अब सूचना विभागमा गएर यतिदिन दुख पायौँ भन्ने दिन गयो । कर्णालीबाट प्रेस कार्ड नविकरण गर्न आएका पत्रकारहरुले खर्च गरेर दुख पाएको छन् । पत्रकारहरुले आफ्नै पिडाहरु चाँही लेख्दैनन् ।” उनले भने ।

त्यस्तै सरकारले आगामी दिनमा पत्रकारहरुको प्रेस पास, मिडिया दर्ता लगायतका सबै कामहरु अनलाइन मार्फत गर्ने व्यवस्था गरेको बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले महामारीका बेला पत्रकारहरुले आफ्नो धर्म नबिर्सिन समेत आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै प्रवक्ता गुरुङले पत्रकारहरुलाई प्रशिक्षित गर्नुपर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?