प्रधानमन्त्री ओलीसहित बालुवाटारमा १०० जना बढीको स्वाब संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ ।

प्रधानमन्त्री ओलीसहित सचिवालयका सदस्य साथै सुरक्षाकर्मीहरुको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको हो ।

शुक्रवार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसहित १०० जनाभन्दा बढीले स्वाब संकलन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिदैँछन् । त्यसको लागि बुधवारबाट सांसद, संसद सचिवालयका कर्मचारी सुरक्षाकर्मी लगायतको स्वाब संकलन थालिएको छ ।

बुधवार गरिएको स्वाव संकलनका क्रममा ४ जना सांसदसहित ३ जना कर्मचारीको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । भने अन्यको रिपोर्ट आउने क्रम जारी छ । यसैक्रममा बिहीवार पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत स्वाब संकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?