उडान भर्ने बित्तिकै पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स भारतमा सफल अवतरण, पाईलटको चलाखीले जोगियो दुर्घटनाबाट

लोकपथ
403
Shares

काठमाडौं । उडान भर्नेबित्तिकै पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स भारतको मुम्बईमा सफल आकस्मिक अवतरण गरेको छ।

नागपुरबाट हैदरावादका लागि उडान भरेपछि पाङ्ग्रा भाँचिएको सो एयर एम्बुलेन्स क्याप्टेनको फूल ईमर्जेन्सी घोषणासँगै बिहीवार राति भारतीय समयअनुसार ९ बजेर ९ मिनेटमा मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो ।

 

दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर रहेको सो एयर एम्बुलेन्सलाई छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्याण्डिङ गराइएको थियो ।

नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले ट्वीटरमार्फत् यस घटनाको जानकारी दिँदै पाईलटले फुल ईमर्जेन्सी घोषणा गर्नेबित्तिकै अन्य उडान–अवतरण बन्द, विमानमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको, उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको र बेली–ल्याण्डिङ गराईएको कारण सफलतापूर्वक अवतरण भएको बीबीसीले जनाएको छ ।

सो एयर एम्बुलेन्समा रहेका विरामीलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?