संघीय संसदका उपसचिवको कोरोनाबाट निधन

काठमाडौं । कोरोना संक्रमणका कारण संघीय संसद सचिवालयका उपसचिवको निधन भएको छ ।

संसद सचिवालयको काजमा कार्यरत ती उपसचिवको शुक्रवार (आज) उपचारको क्रममा शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको हो ।

संसद सचिवालय स्रोतका अनुसार केहि समय अघि पत्थरीको अप्रेशन समेत गरेको उनको गत वैशाख २२ गते स्वाब संकलन गरिएको थियो । उनलाई कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना गरिएको हो ।

त्यस्तै २७ गते बस्ने संसद बैठकलाई लक्षित गर्दै बुधवार र बिहीवार गरिएको पीसीआर परीक्षणका क्रममा ४ जना सांसदसहित ३ जना कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि भइसकेको छ । त्यस्तै अन्यको रिपोर्ट आउनेक्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?