बादल बने राष्ट्रिय सभा सदस्यको उम्मेद्वार, हेलिकप्टर चढेर मनोनयन दर्ता गर्न पुगे हेटौँडा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो ।

त्यससँगै आज नै उम्मेद्वारी मनोनयनका लागि प्रदेश राजधानी हेटौँडामा गएका छन् ।

बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यमा रिक्त पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?