एकैदिन ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

बिहीवारको तुलनामा शुक्रवार (आज) प्रतितोला छापावाला सुनको मूल्य तोलामा ११ सयले वृद्धि भएको छ । बिहीवार प्रतितोला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो भने आज मूल्य वृद्धि भइ प्रतितोला सुनको मूल्य ९१ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार २ सय रहेको छ ।

महासंघका अनुसार बिहीवारको तृलनामा आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाले वृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय १५ रहेको थियो । आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १३ सय ५० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?