नेता नेपाल राष्ट्रपति भेट्न शीतल निवासमा

लोकपथ
175
Shares

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

आजै साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका नेता नेपाल देउवासँगको भेटवार्तापछि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

नेता नेपालले पछिल्लो समय विपक्षी दलका नेताहरुलाई भेटेका छन् । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिदैँछन् । नेता नेपाल समुहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने, नदिने यकिन भइसकेको छैन । सो सन्दर्भमा नेता नेपालको पछिल्लो भेटघाटलाई चासो साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?