काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।
बिहिबार साँझ आफुनिकटका शिर्ष नेताहरु सहित देउवा निवास पुगेर नेता नेपालले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तय भएपछि शिर्ष नेताहरुको सक्रियता बढेको छ । देउवासँग प्रधानमन्त्री लगायतका अन्य शिर्ष नेताहरुले निरन्तर भेटघाट गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीलाई माधव नेपाल समुहले विश्वासको मत दिन्छन् कि दिदैनन् भन्ने विषय सर्वाधिक चासोको विषय बनेको छ । नेता नेपालको विपक्षी दलका नेताहरुसँग भएको निरन्तरको भेटघाटलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।
सभापति देउवा र नेता नेपालबीच बैशाख २७ गते बोलाईको संसदको विशेष अधिवेशनकै सन्दर्भमा कुराकानी भएको एक नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया