प्रधानको निधनप्रति मदनकृष्ण श्रेष्ठद्वारा दुःख व्यक्त, “आँशु रोक्न सकिन दाइ !”

लोकपथ
133
Shares

काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनप्रति हास्य कलाकार मदनकृष्ण श्रेष्ठले दुःख व्यक्त गरेका छन् । मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानको निधनमा दुःख व्यक्त गरेका हुन् ।

दुःख व्यक्त गर्दै उनले लेखेका छन् :

हाई मेरो प्यारो प्रेमध्वज प्रधान दाई, हार्दिक श्रद्धाञ्जली छ, तिमीलाई भन्दै सुरु गरेको स्टाटसमा उनले अगाडि लेखेका छन्–‘२०२६ सालमा कवि दुर्गालाल दाईको शब्दलाई तिम्रै संगीतमा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । मैले आफ्नो जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफुलाई पनि भाग्यमानी सम्झेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?