७ चैत्र २०७९, मंगलवार

राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग

२०७४,आश्विन,२०,शुक्रवार ०८:४४

0
Shares

विराटनगर, २० असोज ।राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गररेका छन ।विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य नरहने गरी आफूले पार्टी परित्याग गरेको जानकारी दिए ।उनले मोरङमा राजपाका दुई–दुईजना जिल्ला संयोजक रहेको र पार्टीले सो विवाद मिलाउन नसकेको उल्लेख गर्दै पार्टीको सम्पूर्ण विवादलाई समाधान गरी सचेत भएर कार्य नगरे अब आफू सो पार्टीमा नर्फकने र नयाँ पार्टी गठन गर्ने चेतावनीसमेत दिए ।पार्टीले दोस्रो चरणअन्तर्गत स्थानीय तहकोे निर्वाचनलाई बहिष्कार गरेपछि प्रदेश नं–१ अन्तर्गत मोरङका कार्यकर्ता त्यो निर्णयलाई स्वीकार गरिएको बताउँदै राजपाका राष्ट्र मण्डलका सबै नेता प्रदेश नं–२ कै भएका कारण पार्टी निर्वाचनमा सहभागी भएको र यसले मोरङका कार्यकर्ता पार्टीबाट उपेक्षित भएको महसुस गरिरहेको आरोप पनि लगाए ।उनले मोरङबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि आफू उम्मेदवार हुने पनि घोषणा गरे ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०८:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी परेको छ । लामिछानेलाई अख्तियारको

चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सामेल हुनेबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । आज बसेको ५४औँ सचिवालय बैठकमा अध्यक्ष

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६