आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)

काठमाडौं- लोकपथ टिभीले हरेक दिन टप १५ ‘हेडलाईन्स् ‘ प्रस्तुत गर्दै आएको छ। यस समाचार बुलेटिनमा दिनभरको खबर समेटिएको हुन्छ। प्रस्तुत छ, आजका शीर्ष १५ ‘हेडलाईन्स्’ ।

१. प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्ने गरि दलिय छलफल अघि बढाउने एमाले स्थायी समिति बैठकको निर्णय, राष्ट्रियसभा सदस्यको उम्मेदवारका बारेमा छिट्टै निर्णय गर्ने परराष्टमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ।

२. सांसदहरु पार्वता डिसी चौधरी, रामबाबु यादव, नरमाया ढकाल र लक्ष्मणलाल कर्णलाई कोरोना संक्रमण पुष्टि, ३ जना संसद सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण ।

३. कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ५६ पुग्यो, काठमाडौं उपत्यकामा आजदेखि थप कडाइ ।

४. कोरोना संक्रमितले बेड नपाए टोल फ्रि नं ११३३ मा सम्पर्क गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह, सरकारी निर्णय विपरित प्रयोग भइरहेको अक्सिजन सिलिन्डर फिर्ता गर्न निर्देशन।

५. कोभिड-१९ संक्रमितको उपचारका लागि बङ्गलादेशबाट पाँच हजार रेम्डेसिभिर ल्याँइदै, चीनबाट ल्याउन लागिएको पाँच मिलियन बराबरको स्वास्थ्य सामाग्री ल्हासा आइपुग्यो।

६. वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधानको निधन, ८२ वर्षीय प्रधानको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको
अस्पतालको भनाइ ।

७. कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर कालोबजारी गर्ने रसिक मियाँ पक्राउ, ६ पिस रेम्डिसिभर १ लाख २० हजारमा बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीद्वारा जानकारी ।

८. शुक्रवारदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति पाइने, भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने सेवाहरु बन्द।

९. सगरमाथा आरोहणका लागि हालसम्मकै बढी ४०८ आरोहीले लिए अनुमति, अधिकांश आरोही पुगे सगरमाथाको आधार शिविर ।

१०. रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रमुख र उपप्रमुखको गाडी एम्बुलेन्सको रुपमा प्रयोग, मेयर र उपमेयरको गाडीलाई एम्बुलेन्स र टिपरलाई शव वाहन बनाउने डडेल्धुराको अमरगढी नगरपालिकाको निर्णय ।

११. पछिल्लो ३ दिनमा हवाईमार्ग हुँदै विदेशीने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढ्यो, पछिल्ला दुई दिनमा यात्रुहरुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागद्वारा जानकारी।

१२. मजदूरलाई न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ दिन नसक्ने निजी क्षेत्रको भनाइ, व्यवसायी र कामदारबीच आपसी सहमतिमा पारिश्रमिक निर्धारण गर्न पाउने व्यवस्थामा सरकारले हस्तक्षेप गरेको उल्लेख ।

१३. साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ६ कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि ।

१४. पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै चार लाख १२ हजार भन्दा बढी सङ्क्रमित, तीन हजार ९८० जनाको मृत्यु ।

१५. मालीकी पच्चीस वर्षीया महिला हालिमा सिस्सेले जन्माइन् एकै पटक नौ जना शिशु, जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक । शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?