काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३ हजार ९७२ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १ सय ६३ भक्तपुरमा २ सय ४२ र ललितपुरमा ५ सय ६७ जना रहेका छन् ।
योसँगै काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३२ हजार ४५२ पुगेको छ ।
त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८ हजार ९ सय ७० र ७ सय ७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहिवार) हालसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको हो । हिजो बुधवार देशभर ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाले ज्यान गुमाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया