२ हजार ७ सय जना कोरोना संक्रमण मुक्त हुँदा थपिए ९ हजार ७० संक्रमित

लोकपथ
112
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८ हजार ९ सय ७० र ७ सय ७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९बिहिवार० हालसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको हो । हिजो बुधवार देशभर ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?