आज पनि घट्यो शेयर बजार

काठमाडौं। बिहिबार पनि शेयर बजारम गिरावट आएको आएको छ ।

आज १२.४७ अंकल बजार घटेर २,६३७.१३ मा पुगेर कारोबार रोकिएको छ । आज ६ अर्व ८१ करोड ९१ हजार ४ सय ५३ रुपैँया बराबरको कारोबार भएको छ ।

त्यस्तै,यस दिन १ करोड ५९ लाख ८० हजार ८ सय १५ कित्ता शेयर किनबेच भएको छ । आज ट्रेडिङ,होटल तथा पर्यटन,विकास बैंक,हाइड्रो पावर,निर्जीवन बीमा,उत्पादन मूलक कम्पनी,अन्य,लघुवित्त,जीवन बीमा कम्पनी,म्युचुअल फण्ड लगायतका उपसमूहरुको कारोबार घटेको छ ।

आज सबैभन्दा बढी कारोबार हाइड्रो पावरको १.८६ प्रतिशतले घटेको छ भने सबै भन्दा कम विकास बैंकको ०.४९ प्रतिशतले कारोबारमा गिरावट आएको छ । त्यस्तै, बिहिवार बैंकिङ, वित्त कम्पनी र लगानी लगायतका उपसमूहहरुको कारोबार बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?