कोलम्बियामा करवृद्धिको विरोधमा प्रदर्शन : ३१ जनाको मृत्यु, १ हजार २२० घाइते

लोकपथ
77
Shares

काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सरकारले अघि सारेको करवृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा एक हजार २२० जना घाइते भएका छन् भने अरु ८७ जना बेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

Colombia blames armed groups for protest violence, death toll still unclear  | Reuters

यो विवरण पछिल्लो एक हप्ताको मात्रै भएको इन्स्टीच्युट फर डेभलपमेन्ट एण्ड पिस स्टडीजले जनाएको छ । मृत्यु भएका मध्ये सबैभन्दा धेरै २४ जना देशको पश्चिमी काली सहरमा मृत्यु भएको सो संस्थाले जानकारी दिएको छ ।

कोलम्बियामा ग्यासको मूल्यवृद्धि भएको र कर सम्बन्धी विधेयकमा गलत संशोधन गरिएको भन्दै विरोध प्रदर्शनहरु भइरहेका छन् ।

राष्ट्रपति इभान डुक्युले संशोधनका बारेमा पुनर्विचार गर्न सकिने आइतवार बताए पनि आन्दोलन भने जारी नै रहेको छ । आन्दोलन देशव्यापी हुँदै गएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?