काठमाडौं । भारत सरकारका शीर्ष वैज्ञानिकले कोरोना भाइरसको स्थानीय भेरियन्टका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएका छन् ।
भारतको नेशनल सेन्टर फर डिजिज कन्ट्रोलका प्रमुख सुजीत कुमारले भारतमा सुरुको केही समय युके भेरियन्ट देखिएको तर अहिले धेरै राज्यमा कोरोनाको स्थानीय भेरियन्टको संक्रमण देखिएको बताएका हुन् ।
उनले कोरोना भाइरस संक्रमणको तेस्रो लहर पनि आउन सक्ने बताएका छन् । त्यसैगरी भारत सरकारका सल्लाहकार बैज्ञानिक के विजय राघवनले तेस्रो लहरको कोरोनासंग लड्न भारत तयारी अवस्थामा रहनुपर्ने बताएका छन । भारतमा अहिले युके, ब्राजिल र दक्षिण अफ्रिका भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ।
भारतमा अहिलेसम्म २ करोड १० लाख ७७ हजार भन्दा बढीमा कोरोना संक्रमण भैसकेको छ । कोरोनाबाट भारतमा २ लाख ३० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।
पहिल्ला केही दिन यता भारतमा दैनिक कोरोनाका ४ लाख बढी नयाँ संक्रमित थपिन थालेका छन् । भारतीय अस्पतालहरुमा कोरोनाका बिरामीका लागि बेड र अक्सिजनको अभाव चरम अभाव भएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया