६ पिस रेम्डिसिभरको १ लाख २० हजारमा बार्गेनिङ गर्दै थिए मियाँ, प्रहरीको इन्ट्री !

लोकपथ
88.7k
Shares

काठमाडौं । रेम्डिसिभिर कालोबजारी गर्ने एक जना काठमाडौंबाट पक्राउ परेका छन् । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर कालोबजारी गरेको आरोपमा महाशाखाको टोलीले रसिक मियाँलाई पक्राउ गरेको हो ।

मियाँलाई महाराजगन्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले लोकपथलाई बताए ।

‘१ सेट (६ पिस) रेम्डिसिभर १ लाख २० हजारमा बेच्दै गरेको अवस्थामा मियाँलाई पक्राउ गरेका हौं ।’ एसएसपी खापुङले बताए ।

‘रेम्डिसिभिरको कालोबजारी भइरहेको कुरा पहिलेदेखी नै आइरहेको थियो, सोहि क्रममा महाशाखाको टोलीले खोजी तिव्र पारेको थियो । आज एक जना पक्राउ गरेका छौं ।’ उनले भने ।

पक्राउ परेका मियाले आफूलाई त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका सञ्चालक दीपक ढकालले रेम्डिसिभिर बेच्न लगाएको प्रहरीसँगको बयानमा बताएका छन् ।

मियाँलाई अहिले अपराध महाशाखामा राखिएको र थप अनुसन्धान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?