रहेनन् नेपाल भाषा एकेडेमीका संस्थापक इन्द्र माली, यस्ता छन् योगदान

RSS
140
Shares

काठमाडौं । कवि तथा समालोचक इन्द्र मालीको आज बिहान मुटुरोगबाट शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भएको छ ।

७९ वर्षीय माली नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य र सदस्य सचिव रहेका थिए ।

त्यस्तै उनी नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येता पनि रुहेका थिए ।

नेपाली भाषामा पनि कलम चलाउने उनका नेपाल भाषा र कवितासम्बन्धी थुप्रै कृति प्रकाशित छन् ।

नेपाल भाषामा हाइकु विधा भित्र्याउने श्रेय पनि उनलाई दिइन्छ ।

उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनको आजै अन्त्येष्टि गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?