भारतमा एकैदिन ४ लाख १२ हजार बढी संक्रमित, करिब ४ हजारको मृत्यु

लोकपथ
84
Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १२ हजार भन्दाबढी कोरोना संक्रमित थपिएका छन् भने करिब ४ हजार संक्रमितको मृत्यु भएको छ ।

वल्ड्रोमिटरको तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १२ हजार ६ सय १८ जनामा कोरोना संक्रमण भएको हो । तथ्यांक अनुसार ३ हजार ९ सय ८२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म भारतमा कुल संक्रमितको संख्या २ करोड १० लाख ७० हजार पुगेको छ भने मृतकको संख्या २ लाख ३० हजार भन्दा बढी पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?